नयाँ दिल्ली । भारतमा पहिलो पटक, एक वृद्ध महिलाको मुटुको धडकन सम्बन्धी समस्यालाई सुधार्न क्याप्सुल जत्रो पेसमेकर सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उक्त प्रत्यारोपण गरिएको हो ।
६६ वर्षीया महिलाको लामो समयदेखि मुटुमा धड्कन असामान्य थियो । परीक्षणपछि उनलाई ‘सिक साइनस’ सिन्ड्रोम नामक रोग भएको पुष्टि गरिएको थियो। यो रोगमा मुटुको प्राकृतिक पेसमेकर (साइनस नोड) ले नियमित रूपमा धडकन सन्तुलन बनाईराख्न सक्दैन।
अस्पतालका अनुसार महिलाको मुटुमा क्याप्सुल आकारको वायरलेस पेसमेकर राखिएको हो,जुन अत्यन्तै सानो आकारको भए तापनि प्रभावकारी रूपमा मुटुको धडकनलाई नियन्त्रण गर्छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा यस्तो प्रकारको पेसमेकर भारतमा पहिलो पटक भएको दावी गरेको छ ।
यस minimally invasive प्रविधिको सफलताले भविष्यमै यस्ता मुटुरोग भएका बिरामीहरूका लागि नयाँ आशाको ढोका खोल्ने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन्।पिटिआई