भारत । छिमकी राष्ट्र भारतमा खोकीको झोलका कारण १८ बालकालिकाको मृत्यु भएको छ । मृत्यु भएका बालबालिहरु ५ वर्षभन्दा कम उमेर समुहका भएको र उनीहरुको मृगौला फेलबाट मृत्यु भएको बताईएको छ । मृत्यु हुने बालबालिकाले प्रयोग गरेको खोकीको झोलमा डाइथिलिन ग्लाइकोलको मात्रा सामान्य भन्दा ५०० गुण बढी पाएको छ । उक्त खोकीको झोल प्रेशक्राइब गर्ने डा.प्रभीन सोनीलाई प्रहरीले प्रकाउ गरि आवश्यक छानबिन गरिरहेको भारतीय मिडियाले जनाएको छ ।
डा.सोनी पक्राउलाई लिएर भारतका संघहरुले विरोध जनाईरहेका छन । ती मृत्यूसँग सम्बन्धित जिम्मेवारी निर्माताहरू र नियामक निकायहरू रहेको संघको भनाइ छ।
भारतमा उत्पादन हुने खोकीको झोलका कारण गाम्बियामा ६६ र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्यु भएको थियो।
सन् २०२३ मा भारतका स्वास्थ्य सेवाका महानिर्देशकले चार वर्षभन्दा कम उमेरका बच्चालाई दिइने एक सामान्य ज्वरो(रुघाखोकीको औषधिको फर्मुलामा प्रतिबन्ध लगाएका थिए। उक्त फर्मुलामा क्लोरफेनिरामाइन मालेएट र फेनिलएफ्रिन जस्ता औषधिहरू समावेश थिए, जुन सन् २०१५ मा स्वीकृत गरिएका थिए र सामान्यतया रुघाखोकी सिरपका मुख्य तत्वका रूपमा प्रयोग हुने गर्छन्।
ती औषधि निर्माण गर्ने कम्पनीहरूले कुनै गल्ती नभएको दाबी गर्दै आएका छन् र भन्छन् कि तिनका उत्पादनहरू निर्धारित मात्रा भित्र प्रयोग गर्दा पूर्ण रूपमा सुरक्षित छन्।पिटिआई