indonesia

इन्डोनेसियामा विद्यालय भवन भत्किँदा ३६ जनाले ज्यान गुमाए

santan ads

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा गत सोमवार विद्यालय भवन भत्किँदा पुरिएर मर्नेको संख्या ३६ पुगेको छ ।

अहिले पनि २७ जना विद्यार्थी हराइरहेका छन् । १३ देखि १९ वर्षसम्मका किशोरहरू भग्नावशेषमा पुरिएको विपत व्यवस्थापन निकायले जनाएको छ ।
भग्नावशेष हटाउनका लागि क्रेन उपयोग गरिएको छ । लगभग ६० प्रतिशत भग्नावशेष हटाइसकिएको निकायले जानकारी दिएको छ । सोमवारसम्ममा खोजी कार्य सकिने पनि उसको भनाइ छ ।

पूर्वी जाभा प्रान्तमा रहेको सिदोआर्जो शहरमा रहेको अल खोजिनी विद्यालयमा दुर्घटना भएको हो । तल्लो तल्लामासयौं किशोरमाथि अपराह्नको प्रार्थना गरिरहेका थिए । माथिल्लो तल्लामा निर्माणको काम चलिरहेको थियो ।

विगतमा गरिएको उद्धार प्रयास सफल नभएपछि बालबालिकाका मातापिताको अनुमतिमा उद्धारकहरूले भारी उपकरण उपयोग गरी भग्नावशेष हटाएका थिए ।एजेन्सी

Scroll to Top