cricket nepal

नेपालले वार्मअप खेलमा ओमानलाई जित्यो

santan ads

टी–२० विश्वकप छनोटको लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दे जित हात पारेको छ ।
पहिला ब्याटीङ रोजेको ओमानले ११० रन जोड्यो । नेपालले १११ रनको लक्ष्य ४ विकेट गुमाएर १७ ओभरमै पुरा गरेको हो। नेपालका लागि ओपनर आरिफ सेखले अर्धसतक प्रहार गरेका थिए।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए।

ओमानमा अर्को वार्मअप खेल नेपालले सोमबार कतारसँग खेल्नेछ। ८ अक्टोबरदेखि छनोट खेल सुरु हुदैछ । तीन समुहमा नौ वटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुँदैछ। नेपालको समूहमा जापान र कुवेत छन्।

हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्समा पनि उत्कृष्ट हुने तीन टोलीले विश्वकपमा आफ्नो स्थान बनाउनेछन्।

Scroll to Top