कलाकार पूजन घिमिरेले शिक्षामन्त्री महावीर पुनसँग उनकै निवास चितवनमा खिचेको तस्बिर फेसबुकमा पोष्ट्याउँदै ‘सरलताले झनै सम्मान बढाएको’ भनेकी छिन् ।
हिमालयन टेलिभिजनबाट प्रशारण हुने टेलीश्रुंखला ‘हल्का रमाइलो’की कलाकार घिमिरेले लेखेकी छिन्:
दशैँ मनाउन सबैजना घर जाने क्रममा, म अस्ति १२ बजे घर पुगिसकेको थिएँ। उहाँ चाहिँ एक बजे आउनुहुने रहेछ, न त उहाँसँग सुरक्षाकर्मी थिए, न त ठूला ठूला गाडीनै थिए। उहाँको घर र मेरो घर आमनेसामने छन् ।
आज बिहान उहाँ घरमै हुनुहुन्छ भन्ने थाहा पाएपछि म भेट्न गएको थिएँ, उहाँ सुतिरहनु भएको रहेछ, त्यसैले म फर्किएँ। केहीबेरपछि उहाँले मलाई बोलाउनुभयो ‘आउ नानी (उहॅा मेरो साथीको बाबा पनि हुनुहुन्छ) म उठिसकेँ’ भनेर।
त्यसपछि हामीले गफ गर्यौ फोटो खिच्यौं । यो फोटो पनि उहाँको श्रीमती, जसलाई म माइजू भन्छु, उहाँले खिचिदिनुभयको हो।
साधारणतामा असाधारण, हाम्रो देशको शिक्षा, विज्ञान र प्रविधिमन्त्री जसको सरलता देख्दा अझै सम्मान बढ्छ।
