अपडेट: फिलिपिन्स भूकम्पमा परि मृत्यु हुनेको संख्या ६९ पुग्यो

santan ads

फिलिपिन्सको मध्य प्रान्तमा गएको भूकम्पमामा परि मृत्यु हुनेको संख्या ६९ पुग्यो पुगेको छ । 

मङ्गलबार राति ६.९ रेक्टर स्केलको भूकम्प राति करिब १० बजे गएको थियो । 

बोगो सहर र सेबू प्रान्तका आसपासका गाउँहरूमामा घर, नाइट क्लब र अन्य व्यापारिक भवनहरू भत्किँदा कति मानिस फसेका छन् भन्ने निश्चित नभएको अधिकारीहरूले जनाएका छन् ।

सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरूलाई ब्याकहो र कुकुरसहित उद्धारमा परिचालन गरिएको छ । भूकम्पको केन्द्र समुद्रभित्रको फॉल्ट लाइनमा भएको गतिविधिका कारण ५ किलोमिटरको गहिराइमा थियो ।

यो बोगो सहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा थियो । करिब ९० हजार जनसंख्या भएको यो तटीय सहरमा मात्रै आधा जति मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले समाचार लेखेको छ ।

बोगोमा मृत्युको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

लगातारको वर्षा र भाँचिएका पुल तथा बाटोहरूले उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यो भूकम्प पछिल्लो दशकमा मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशालीमध्ये एक हो । 

मंगलबार रातिको भूकम्पपछि हालसम्म ६ सयभन्दा बढी पराकम्प गएका छन् । 

फिलिपिन्स विश्वकै सबैभन्दा बढी विपद्–प्रवण मुलुकमध्ये एक हो । यो देश प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा पर्ने भएकाले बारम्बार भूकम्प र ज्वालामुखी विस्फोटको जोखिममा रहन्छ । 

Scroll to Top