यात्रुबाट बढी भाडादर असुल नगर: घिसिङ

santan ads

ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानूनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर नसुल्न भनेका छ्न ।

विभिन्न बहानामा बढी भाडा असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गर्ने घिसिङले चेतावनी समेत दिएका छन् ।

चाडबाडको मौका छोपेर टिकटमा कालोबजारी गरी यातायात व्यवसायीले दूरीअनुसार प्रत्येक यात्रुबाट कम्तिमा एक हजार रुपैयाँसम्म बढी भाडा असुल गरेका छन् । यति मात्रै होइन, एउटा स्थानको भनेर झण्डै दोब्बर भाडा असुल गरी बीच बाटोमै यात्रु ओराल्ने समस्या पनि भेटिएको छ ।

पछिल्लो समयमा तोकिएको भाडादरभन्दा अत्यधिक भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा आइरहेको अवस्थामा मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह समेत गरेका छन् ।

हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न उनले आग्रह गरे ।

यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनले आग्रह गरे ।

Scroll to Top