एजेन्सी । फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तीमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा एक सय ४७ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोननजिकै केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
भूकम्पले हल्लाउँदा भवनहरू भत्किएका छन् । कम गहिराइमा केन्द्रविन्दु रहेको भूकम्प टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।