सादगी र प्रष्टवक्ताकारुपमा चिनिएका शिक्षामन्त्री मंगलबार जहाजमार्फत पोखरा भित्रिएका थिए ।
पोखराको नदीपुरमा रहेका परिवारबीच आएका मन्त्री पुन पैसा झिक्न न्यूरोडस्थित एटीएममा जाँदै गरेको तस्बिर सार्वजनिक भएपछि कास्की प्रहरी सुरक्षा दिन जुटेको थियो ।
मन्त्री सार्वजनिकस्थलमा हिँडेको देखेपछि प्रहरीले मन्त्रीसँग सम्पर्क गरी सुरक्षार्थ प्रहरी खटाउने जनाएपछि मन्त्री तत्कालै ‘आवश्यक नभएको’ जवाफ दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले मन्त्री पुनलाई प्रहरी पठाइदिने बताएपनि ‘नो’ भनेको बताएका छन् ।
‘मलाई सुरक्षा चाहिँदैन, टेन्सन नलिनु भन्नुभयो’ प्रवक्तासमेत रहेका डीएसपी बस्नेतले भने ‘मन्त्रीज्यूले नै चाहिँदैन भनेपछि हामीले प्रहरी खटाएनौं तर अप्रत्यक्ष निगरानी भने गरेका थियौं ।’
मन्त्री पुन दशैं मनाउन श्रीमतीसहित चितवनमा रहेका आफन्तकहाँ मंगलबारै रवाना भएका छन् ।
लामो समयदेखि मन्त्री पुनको परिवार नदीपुर बस्दै आएको छ ।