ओली, लेखकलगायतलाई तत्काल पक्राउ गरी कारवाही गर्न जेनजीको माग, बुझायो ज्ञापनपत्र

santan ads

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुस्नधान विभागका प्रमुख हुतराज थापा र काठमाडौँ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई तत्काल पक्राउ गरी कारवाहीको माग गरिएको छ ।

जेनजी आन्दोदलनका संयोजक सुदन गुरुङले २ पेज लामो ज्ञापनपत्र बुझाउँदै न्यायिक आयोगका गौरीबहादुर कार्कीसमक्ष उक्त माग गरेका हुन् ।

स्मरणीय छ, सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ।

सरकारले कारवाहीका माग गरिएका पाँचै जनाको पासपोर्ट रोक्का गर्नुकासाथै काठमाण्डौ बाहिर जान पनि अनुमति लिनुपर्ने निर्णय गरिसकेको छ ।

Scroll to Top