प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालमा भएका भ्रष्टाचारको छानबिन हुने बताएकी छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले विगत समयमा भएका भ्रष्टाचारको छानबिन हुने वचन दिइन् ।
उनले भदौ २४ गते जेनजीका नाममा भएको आगजनीका क्रममा निजी घरहरूमा भेटिएका नगदबारे पनि छानबिन थालिसकिएको बताएकी छन् ।
‘निजी घरमा देखिएको नगद रकमबारे सरकारी निकायले छानबिन थालिसकेका छन्’, उनले भनेकी छन्, ‘सरकार पुननिर्माण र सुशासन कायम गर्दै निर्वाचन गराउन प्रतिबद्ध छ ।’