विन्ध्यवासिनीमा सवारी दुर्घटनाः सासुको घटनास्थलमै मृत्यु, बुहारी घाइते

santan ads

पोखरामा आज विन्ध्यवासिनी र छोरेपाटनमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नयाँलिपिलाई जनाए अनुसार विन्ध्यवासिनी क्षेत्रमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

सासु र बुहारी सवार स्कुटरमा च्यांग्रा बोकेको सानो गाडीले ठक्कर दिँदा सासुको घटनास्थलमै ज्यान गएको छ भने घाइते भएकी बुहारीको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार जारी छ ।

त्यस्तै, अपरान्ह छोरेपाटन क्षेत्रमा भएको अर्काे दु्र्घटनामा पनि १ जनाको मृत्यु भएको छ ।

दुर्घटनाका दोषिलाई नियन्त्रणमा लिइसकेको बताउँदै मृतक, घाइतेको पूर्ण विवरण लिने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Scroll to Top