कास्की कारागारबाट फरार अमेरिकी बाल यौन दुराचारी नोम्र्यान पक्राउ, ४ वर्षदेखि थिए थुनामा

santan ads

जेनजी प्रदर्शनमा कारागारबाट फरार बाल यौन दुराचार मुद्दाका अमेरिकी कैदी ७० वर्षीय मिचेल नोर्म्यान टेलर पक्राउ परेका छन् ।

कास्की कारागारमा सजाय भोगिरहेका टेलरलाई काठमाण्डौंबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

टेलरलाई असोज ६ गते महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

सीआइबीका डीएसपी धर्मराज भण्डारीले टेलरलाई कास्की कारागार नै फिर्ता पठाइने जानकारी दिएका छन् ।

प्रहरीको रेकर्डमा टेलर ०७७ साल चैतमा पक्राउ परेका थिए ।

सीआइबीको टोलीले क्यालिफोर्नियाका टेलरलाई ४ वर्ष अघि पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित विष्णु होमस्टेबाट पक्राउ गरेको थियो ।

टेलरले अमेरिकामा रहँदादेखि नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकासँग नियमित सम्पर्क गर्ने गरेका थिए ।

सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका टेलरले सन् २०१९ मा तीन जना बालबालिकालाई दुर्व्यहार गरेको आरोपमा पीडित बालक एवम् अभिभावकबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

त्यस्तै, सीआइबीले बलात्कार कसुरमा सजाय भोगिरहेका ४० वर्षका जेसोन लायड मोडीलाई समेत पक्राउ गरेको छ । मोडी सुन्धारा कारागारमा थिए ।

-मिचेल नोर्म्यान टेलर (बायाँ)

Scroll to Top