बुद्ध विशालमा बजार निःशुल्क उपहार कार्यक्रम,५ सयको समान किन्दा ५ देखि २० हजार सम्मको सपिङ भौचर

santan ads

पोखरा । चाडपर्वलाई लक्षित गरि पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले निःशुल्क उपहार योजना कार्यक्रम ल्याएको छ ।
नेपालीहरुका चाडपर्वलाई लक्षित गरी ल्याएको उपहार कार्यक्रम भदौ २२ गते देखि संचालनमा ल्याएको र मंसिर २७ गतेसम्म लागु हुने संस्थाले जनाएको छ ।

एशोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले उपहार कार्यक्रम अन्तरगत मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने छ भने बम्पर उपहारमा २० हजारको सपिङ भौचर ५ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ ।

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहाकार केशव बहादुर खत्रीले करीब चार दशक भन्दा लामो व्यवसायिक विरासत बोकेको पोखराको व्यपारिक थलो बुद्ध विशाल बजारले नाफामुखी भन्दा पनि गुणस्तरीय सामानहरु बिक्री गरेर सेवाको रुपमा व्यवसाय गरिरहेको बताउदै चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एशोसिएसनले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई समेटन ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको बताए ।

मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने र महिनाको अन्तिम बुधबार खोलिने उक्त्त उपहार कार्यक्रमको जानकारी एशोसियसनको अफिसको सुचना पाटी र संचार माध्यम मार्फत गराइने संस्थाका महासचिव थमनसिंह गुरुङले जानकारी दिए ।

२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा १ सय ९१ सदस्य रहेका छन् । फेन्सी, कष्मेटिक, इलेक्ट्रोनिक्स, मोबाइल लगागतका पसलहरु रहेका छन ।

Scroll to Top