अन्ततः नेपाली टोलीले पायो भिसा, सोमबार उड्ने

santan ads

वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ।

संयुक्त अरब इमिरेट्स ९यूएई०ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो ।

आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरिसकेको छ ।

प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम थियो। तर, जेन-जी आन्दोलनका नाममा नेपालमा व्यापक विध्वंशपछि यूएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको थियो ।

त्यसको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पनि परेको थियो । अन्योलबीच आइतबार भिसा प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले वक्तव्यमार्फत् जानकारी दिएका छन् ।

अब नेपाली टोली वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि सोमबार यूएईतर्फ जाने छ।

Scroll to Top