मनकारी पोखरा रोयल: प्रहरीलाई मोटरसाइकल, वडालाई कम्प्युटर

santan ads

पोखरा रोयल बचत तथा ऋण सहकारीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई मोटरसाइकल सहयोग गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा पोखराका सयौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका कारण कार्यसम्पादनमा अवरोध सिर्जना भएपछि सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ३ लाख ४४ हजार रुपैयाँ बराबरको सामग्री सहयोग हस्तान्तरण गरेको छ ।

टिभिएस कम्पनीको १२५ सिसी क्षमताको एक थान मोटरसाइकल तथा पोखरा महानगरपालिका–१० वडा कार्यालयलाई एक सेट कम्प्युटर र एक सेट प्रिन्टर हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिया र वडा नं. १० का वडाध्यक्ष राजेश गुरुङलाई संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले हस्तान्तरण गरिन् ।

संस्थाले यस भन्दा अगाडि कोभिड महामारी र महाभुकम्पको समयमा समेत सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताए ।

Scroll to Top