जता रवि लामिछानेको मुद्दा, उतैका अदालत स्वाह: !

santan ads

०८० सालको चैतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीबाट ठगी भएको भन्दै बचतकर्ताले उजुरी हालेका थिए ।

त्यसयता लामिछानेविरुद्ध ६ वटा अदालतमा मुद्धा चलिरहेको छ । तर, हालैको जेनजी आन्दोलनमा ६ वटै अदालतमा आगजनी भएको छ ।

यसबीच, लामिछानेका मुद्दा रहेका जिल्ला, उच्च र सर्वोच्चसहित उनीविरुद्ध मुद्दा चलाइएका सबै अदालत जलेर ध्वस्त भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा सुरुमा चलाइएको कास्की जिल्लासँगै पुनरावेदन गरिएको उच्च अदालत पोखरामा समेत आगजनी भएको छ ।

लामिछानेलाई एक करोड रुपैयाँ धरौटीको आदेश गरेको रुपन्देही जिल्ला र त्यसविरुद्धको निवेदनमा पुर्पक्षका निम्ति थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पनि आगजनी गरिएको छ ।

लामिछानेविरुद्ध धरौटीको आदेश गरेको काठमाडौं जिल्ला अदालत पनि जलाइएको छ । उनीविरुद्ध मुद्दा चलाइएको चितवन जिल्ला अदालतमा पनि आगो लगाइएको छ ।

अझ कास्की अदालतमा आन्दोलनकारीले सुरुको निशाना नै ३ नम्बर फाँटमा परेको थियो । जहाँ रविको मुद्दाका मिसिल र तारिख बुझ्ने फाँटसमेत रहेको थियो ।

Scroll to Top