जेनजी आन्दोलनपश्चात् आजदेखि खुल्यो शेयर बजार

santan ads

जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ। 

नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो।

यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि त्यसदिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन।

त्यसैले आजबाट बजार सञ्चालनमा आउने भएको हो। गत भदौ २३ गते अन्तिमपटक सेयर कारोबार भएको थियो ।

Scroll to Top