पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गरेको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्व तथा संघसँग आवद्ध विभिन् बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधि, व्यवसायीहरुको मौन शान्ति ¥याली बिहान संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको थियो ।
मुखमा सेतो पट्टी बाँधेर निस्केको व्यवसायीहरुको ¥यालीले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल,चिप्लेढुंगा,न्यूरोड हुँदै पृथ्वीचोकमा गएर समापन भएको थियो ।
¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।