पोखरा । जेनजी आन्दोनमा प्रर्दशनकारीले गरेको तोडफोड र आगजनीका कारण सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर परेको छ ।
यहि कुरालाई मध्यनजर गरेर पोखरा १२ वडा कार्यालयले छिटो छरितो कार्यालय संचालन गरि सेवादिनको लागि विभिन्न संघ संस्थाहरु संग छलफल गरेको छ ।
आज(सोमबार) पोखरा १२ को जलेको मिटिङहलमा भएको टोल विकास संस्था,आमा समुह,क्लब ,स्थानीय समाजसेवी,संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि एंव कर्मचारी बिच भएको छलफलमा वडा कार्यालय भवन पूनःनिर्माण र मर्मतका लागि एक भएर लाग्ने प्रतिवद्धता जनाएका छन ।
भेलाले समाजसेवी टिका बहादुर कार्कीलाई संयोजक तोकेको छ ।
गत साता भएको जेनजी अन्दोलनमा प्रर्दशनकारीले वडाको कार्यालयमा तोडफोड सहित आगजनी गरेको थियो । जसको कारण सम्पूर्ण अभिलेख,कम्प्युटर,फर्निचर र उपकरण जलेर नष्ट भएका छन् । भवनका झयालढोका,फाल्सा,सिसा र पर्खालमा क्षति पुगेको छ । स्वास्थ्य केन्द्र र सडक संरचनाहरु पनि आंशिकरुपमा क्षतिग्रस्त भएको छ ।
उक्त छलफलमा पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हिजो (आईतबार) विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानियहरु तोडफोड र आगजनी भएको वडा कार्यालय सरसफाईमा उपस्थिति हुनु भएका सबैलाई धन्यवाद दिदै प्राथमिकताको आधारमा वडाकार्यालय मर्मत गर्दे जाने बताए ।

कार्यलाई प्रभावकारी बनाउने उद्धेश्यले आज भएको भेलाले मूल समितिको संयोजकमा टिका बहादुर कार्की,सचिवमा पूर्ण बहादुर गुरुङ,कोषाध्यक्षमा लक्ष्मी कोईराला र सदस्यहरुमा वरिष्ठ समाजसेवि डा.अनिल सुवेदी,मिन गुरुङ,दान बहादुर बस्नेत र विर बहादुर थापालाई सर्वसम्मत चयन गरेको छ ।