जेनजी आन्दोलन अपडेट: मृत्यु हुनेको संख्या ५५ पुग्यो

santan ads

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार आन्दोलनमा घाइते भएका थप चार जनाको मृत्यु भएपछि मृतक संख्या बढेको हो ।

मृतकमध्ये जेनजी आन्दोलनतर्फ २१ ,कैदी ९,नेपाल प्रहरीका सहायक निरीक्षकसहित ३,सर्वसाधारण २१ रहेका छन् ।

त्यसैगरी, आन्दोलनका क्रममा १८ जनाको आगलागी वा करेन्ट लागेर मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ ।

प्रहरीका अनुसार घाइतेमध्ये कैयौँको अवस्था गम्भीर भएकाले मृत्यु हुने संख्या अझै बढ्न सक्ने देखिएको छ । आन्दोलनका क्रममा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ ।

Scroll to Top