पोखरा महानगरपालिकाले भदौ २४ गतेको तोडफोड र आगजनीपछि क्षति नभएका संरचनाबाट सेवा पुनः सुरू गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको कार्यपालिकाको भर्चुअल बैठकले तत्काल आवश्यक सेवाहरू हस्तलिखित रूपमा भए पनि सञ्चालन गर्ने निर्णय गरेको महानगरका प्रवक्ता मोति तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार असोज गतेदेखि महानगर मातहतका स्वास्थ्य संस्था र सुरक्षित रहेका वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा सुरू गरिनेछ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष पनि तत्काल निर्माण गरिने निर्णय भएको उनले बताए ।
‘क्षति नभएका कार्यालय र भवनहरूबाट सेवा सुरू गर्ने सहमति भएको छ,’ प्रवक्ता तिम्सिनाले भने, ‘जनतालाई तात्कालिक रूपमा आवश्यक पर्ने सेवा कुनै हालतमा रोकिँदैन ।’ महानगर र वडा कार्यालयहरुमा भएको क्षति प्रहरीको मुचुल्कासहित संकलन गर्ने निर्णय समेत भएको छ ।