जेन-जी आन्दोलनका घाइतेलाई निशूल्क उपचारमा जुटिरहेछ ‘जीएमसी’

santan ads

जेनजी आन्दोलनकाक्रममा पोखरामा घाइते भएकाको निशूल्क उपचार गरिरहेको गण्डकी मेडिकल कलेज (जीएमसी)ले जनाएको छ ।

जिएमसी प्रशासनले जनाए अनुसार हाल अस्पतालमा २६ घाइते उपचाररत छन् । जसमध्ये ७ जनाको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ ।

केही घाइते उपचारपश्चात् घर फर्किसकेको जनाउँदै जीएमसीले आइसीयूमा उपचाररत बिरामीहरुको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको नयाँलिपिलाई जानकारी दिएको छ ।

आइसीयूमा दिपेश परियार, सुशान्त विक, विशाल अधिकारी, समिर अधिकारी, आशिष रानामगर, सबिन गुरुङ् र अनिश सापकोटा रहेका छन् ।
जसमध्ये १ जना न्यूरो, चारजना हाडजोर्नी र दुईजना सर्जिकल वार्डमा रहेका छन् ।

अस्पताल प्रशासनका अनुसार सामाजिक उत्तरदायित्व बहनसँगै जेनजीको आन्दोलनमा ऐक्यबद्धतास्वरुप घाइतेहरुको निशूल्क उपचार गरिएको हो ।

त्यस्तै, अस्पतालले प्रदर्शनकाक्रममा मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

Scroll to Top