नेपाल प्रहरीले जेनजी आन्दोलनको बहानामा लुटपाट, आगलागीजस्ता घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने बताएको छ ।
प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरूको माग गरेको छ ।
त्यस्ता, तथ्य र प्रमाण भए पठाउन अनुरोध गर्दै प्रहरीले सूचकको नाम, ठेगाना गोप्य राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
‘तपाइहरूसँग त्यस्ता सामग्री छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं’ प्रहरीले भनेको छ ‘तपाइको गोपनीयता कायम रहनेछ ।’
