लेकसाइडको अंशुभराभित्र जलेकी थिइन् स्वस्थानी

santan ads

पोखरामा प्रदर्शनकारीले आगजनी गरेको घरभित्र मृत भेटिएकी युवतीको पहिचान दोलखा वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी २७ वर्षीया स्वस्थानी खड्काको रूपमा भएको छ।

कामको सिलसिलामा पोखरा आएकी उनको लेकसाइडको अंशुभरा बिल्डिङमा मंगलबार भएको आगलागीमा परी ज्यान गएको हो।

कास्की प्रहरीले बुधबार उनको जलेको शव बरामद गरेको थियो। उनको शव बुझ्न भिनाजु र भाइ पोखरा आएका छन्।

यसअघि जेनजी आन्दोलनका क्रममा पोखराको नयाँबजारमा पनि जलेको अवस्थामा एक महिलाको ज्यान गएको थियो।

Scroll to Top