रास्वपा सांसद सोबिता भन्छिन् -‘संसद विघटन स्वीकार्य छैन’

santan ads

काठमाडौं–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसद विघटन हुँदा नेपाली जनतामा निहीत रहेको सार्वभौम सत्ता र राजकीय सत्ता संकटमा पर्ने बताएकी छन्।

उनले कानुन बनाएरै भ्रष्टाचारीलाई दण्डित गर्न सकिने भन्दै जनताको सर्वोच्चता संकटमा पार्ने गरी संसद विघटनतर्फ मुलुकलाई लैजान नहुने मत राखेकी छिन्।

‘भ्रष्टाचारीको विरूद्ध म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि त्यतिकै अडिग छु। नेताहरू पो भ्रष्ट भएका हुन्। सही मान्छे जनताले निर्वाचित गरेर पठाए भने कानुन बनाएर भ्रष्टाचारीहरूलाई कानुनको दायरामा लिएर आएर तिनका सम्पत्तिहरू राष्ट्रियकरण गर्न सम्म पनि सकिन्छ नि! बस! नेपाली जनताले सही मान्छे निर्वाचित गरेर पठाउनुचाहिँ पर्‍यो। यो जनताको सर्वोच्चता कायम हुन्जेलसम्म मात्रै सम्भव छ फेरि। जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसदले यो विघटन गर्न पाइँदैन। जनताको सर्वोच्चता कायम राख्ने संस्था विघटन हुनु भनेको जनताको सर्वोच्चता संकटमा पर्नु हो। देशको सर्वोच्चता संकटमा हुनु हो। नेपाली जनतामा निहीत रहेको सार्वभौम सत्ता र राजकीय सत्ता संकटमा हुनु हो। जुन संविधानमा लेखिएको छ, त्यो नै संकटमा हुनु हो। संसद विघटन हुनुचाहिँ स्वीकार्य छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ मार्फत् भनेकी छन्।

Scroll to Top