पोखरा महानगरपालिकामा प्रदर्शनकारीद्वारा आगजनी

पोखरा महानगरपालिकाको कार्यालय परिसरमामा आगो लगाइएको छ ।

न्यूरोडमा रहेको कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्दै आगो लगाएका छन् । आगो निभाउन दमकल आउन सकेको छैन ।

आगलागीबाट त्यहाँ रहेका गाडी र मोटरसाइकल जलिरहेका छन् । यतिबेला प्रहरी थप बलकासाथै अश्रुग्याँस चलाइरहेको छ ।

प्रदर्शनकारी केही पछि हटेपनि सुरक्षाकर्मीसमेत रक्षात्मक स्थितिमा रहेको छ ।

भर्खरै प्रहरीले गोली चलाएको छ । केही घाइते भएको आशंका छ ।

Scroll to Top