त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगन गरेको छ ।
देशमा सोमबारको प्रदर्शनपछि असहज परिस्थिति सिर्जना भएको भन्दै त्रिविले परीक्षा स्थगन गरेको हो ।
भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षा हाललाई स्थगन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले ती परीक्षा क्रमशः मिति २०८२ आश्विन २ गते, ४ गते र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन गरिने जनाएको छ ।