पोखरामा आज बिहानबाट सुरु भएको जेन जीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् ।
यहाँको संवेदनशील क्षेत्र मानिने सहिदचोक एरियामा पुगेका प्रदर्शनकारी मुख्यमन्त्रीको कार्यालयतर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको हो ।
घाइतेहरुलाई मेट्रोसिटी अस्पतालबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र उनीहरुको परिचय खुलिनसकेको कास्की प्रहरीका प्रमुख एवं एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
सभागृहबाट शान्तिपूर्ण प्रदर्शन सुरु गरेपनि अपरान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयनजिक पुगेपछि स्थिति तनावपूर्ण भएको थियो ।
प्रहरीले भीड नियन्त्रण गर्न रबरको गोली चलाएको बताए पनि घाइतेहरुको अवस्था हेर्दा धातुको गोली नै चलाएको हुनसक्ने अनुमान गरिएको छ ।
यतिबेला मोटरसाइकलमा सवार भई युवाहरुको समूहले निरन्तर पोखरा परिक्रमा गरिरहेका छन् ।