zen ji

अपडेट : जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

santan ads

जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा १ जना तथा त्रिवि शिक्षण अस्पतालमा १ जनाकोे मृत्यु भएको हो । त्यस्तै एभरेष्ट अस्पतालमा ३ जनाएको मुत्यु भएको बताइएको छ ।

अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे। ’१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ’३० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका ३ जनाको मृत्यु भएको बताए । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मोहनचन्द्र रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए ।

त्यस्तै एभरेष्ट अस्पतालमा ३ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ ।

प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ सय भन्दा बढी घाइते भएका छन्। अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ ।

Scroll to Top