लेखनाथ उद्योग वाणिज्य संघको १५औँ अधिवेशनले इतिहास रचेको छ ।
संघले यस अधिवेशनबाट पहिलोपटक महिला नेतृत्वले संघको अध्यक्षता पाएको छ। संघमा लामो समयदेखि सक्रिय जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा निर्वाचित हुँदै संघको नेतृत्व सम्हालेकी हुन्।
शनिबार सम्पन्न निर्वाचनमा जानुकाले ९९६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी तथा तत्कालीन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई ८३३ मतमा सीमित पारिन्।
यसअघि महासचिवको जिम्मेवारी सम्हालिसकेकी पराजुलीले यो पटक १६३ मतको फराकिलो अन्तरसहित जित हासिल गरिन्।
अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सबै पदमा ‘क्लिन स्विप’ गर्दै पूर्ण विजय हासिल गरेको छ। प्रारम्भमा मिश्रित नतिजाको अड्कल गरिए पनि अन्ततः सबै पदमा पराजुली प्यानलले जित निकालेको हो।
निर्वाचित पदाधिकारीहरूको विवरण:
वरिष्ठ उपाध्यक्ष: गोपिचन्द्र बाँस्तोला (९६६ मत)
प्रथम उपाध्यक्ष: विक्रम कर्माचार्य (११५० मत)
द्वितीय उपाध्यक्ष: ध्रुवबाबु भट्टराई (१२१८ मत)
महासचिव: भरतराज ओझा (९५५ मत)
उपमहासचिव: गंगा मल्ल (१०६६ मत)
कोषाध्यक्ष: हरी बस्ताकोटी (१०२७ मत)