पोखरा । पोखरा १२ मा रहेको आनन्दितगृह नेपालको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले समाजमा यस्तो संस्थाको आवश्यकता रहेको बताउदै योजना बनाएर आएमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष डा.यज्ञमान शाक्यले यस्तो ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्रहरु हरेक टोल टोलमा आवश्यक हुने कुरा बताउदै यसले घर परिवारलाई सहयोग हुने कुरा बताए ।
कार्यक्रममा विशिष्ट अतिथि पोखरा ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले डाक्टर दम्पतीले गरेको कार्यको प्रंशसा गर्दे यस संस्थाको स्थायीत्वको लागि पोखरा ११ मा जग्गाको लागि पहल गरिरहेको सुनाए ।
त्यस्तै,आनन्दिगृहका आवसिय ज्येष्ठ नागरिक ८४ वर्षिय नन्दकुमारी गुरुङले यस संस्थामा रहँदा आफु खुसी भएको प्रतिकृया दिदै, सकारात्मक परिवर्तन भएको जनाईन ।
कार्यक्रममा खड्का बहादुर रानाभाट, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुमानसिंह कार्की,ज्येष्ठ नागरिक सरोकार समाज कास्की अध्यक्ष भक्तराज श्रेष्ठ, लगायतले बोलेका थिए ।
साधारणसभामा महासचिव रोमा राउत शाक्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेशलाल ताम्राकारले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका सदस्य निलम मर्हजनले संचालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष मेजरमान बज्राचार्यले र व्यवस्थापन संस्थाका सदस्यद्धय शुसिला खनाल र गोमा क्षेत्रीले गरेकी थिईन ।