नेपालमा विभिन्न २६ ओटा सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउँदा सबैभन्दा बढी फाइदा भाइबरलाई भएको छ ।
प्रतिबन्ध अघि ८९ स्थानमा रहेको यो मेसेजिङ एप २४ घण्टामै नेपालको पहिलो नम्बरमा आएको हो ।
यस क्रममा एपले ८८ ओटा एपलाई पछाडि पारेको छ । गुगल प्ले स्टोरको टप चार्टमा राकुटेन भाइबर मेसेन्जर एक नम्बरमा छ ।
त्यसपछि क्रमशः च्याटजीपीटी, इमो, ह्वाट्सएप, कल एप, क्यापकट छन् ।
प्रतिबन्धबाट जोगिएको अर्को एप टिकटक भने अझै पनि सातौँ नम्बरमा छ ।