एभरेष्ट महिला भलिबलः उद्घाटन खेलमा पोखरामाथि कर्णालीको शानदार जीत

पोखरामा आजदेखि सुरु भएको दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को उद्घाटन खेलमा साबिक विजेता कर्णाली यशविसले पोखरा निन्जाजलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको छ।

बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा कर्णालीले पोखरालाई २५-२१, २५-२० र २५-१४ को सेटमा हराएको हो।

शनिबार पोखरा निन्जाजले मधेस यूनाइटेडको सामना गर्नेछ भने कर्णाली यशविसले लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्नेछ।

आजैको अर्को खेलमा ललितपुर क्विन्स र मधेस युनाइटेडबीच खेल भइरहेको छ ।

Scroll to Top