सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको पत्रकार महासंघद्वारा विरोध

santan ads

नेपाल पत्रकार महासंघ (FNJ) ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल विदेशीबाटै बन्द गर्ने सूचना तथा प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएको भन्दै सरकारको उक्त निर्णयप्रति असहमति जनाएको छ।

महासंघले कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई सामाजिक सञ्जालको हक समेत प्रभावित हुने सक्ने भन्दै सरकारले ध्यान दिन नसकेकोमा आश्चर्य प्रकट गरेको छ।

प्रेस विज्ञप्तिमा महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको स्पष्ट पारिएको छ। तर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई महासंघले कदापि स्वीकार नगर्ने बताएको छ।

अतः नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन महासंघले सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ।

Scroll to Top