समावेशी र व्यावसायिक टिमसहित लेउवाको नेतृत्व दौडमा ओझा प्यानल

santan ads

लेखनाथ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा राजेन्द्र ओझाको नेतृत्वमा समावेशी र पूर्ण व्यावसायिक टिमले उम्मेदवारी घोषणा गरेको छ।

भदौ २० र २१ गते हुने संघको २० औं साधारण सभा तथा १५ औं अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

संस्थापक समूहका तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले अनुभवी र विभिन्न क्षेत्रका व्यवसायी समेटेर आफ्नो टिम बनाएका छन्।

उनले राजनीतिक हस्तक्षेपलाई चिर्दै सबै दल, क्षेत्र, लिङ्ग र वर्गका व्यवसायीलाई समेटेर चुनावी अभियान चलाइरहेका छन्। ओझाका अनुसार, उनको टिमको मुख्य उद्देश्य समृद्ध लेखनाथ निर्माण गर्नु हो।

ओझाको टिममा वरिष्ठ उपाध्यक्षमा उपेन्द्र राज सुवेदी (राजु), प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मी प्रसाद ढुङ्गाना (एल पी) र कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन्।

खुल्ला सदस्यहरूमा कृष्ण प्रसाद सुवेदी, घनश्याम ढुङ्गाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भिमप्रसाद सुवेदी (सन्तोष) छन् भने महिला सदस्यहरूमा लक्ष्मी ठाकुर सुनार र सपना सुवेदी रहेका छन्। एसोसिएट सदस्यमा प्रवेश वञ्जारा र संस्थागत सदस्यमा वीरभद्र कँडेल रहेका छन्।

ओझाको टिमका मुख्य एजेन्डाहरूमा एक कार्यकाल एक महोत्सवको नीति, कृषि र पर्यटन जोड्ने बृहत् योजना, अव्यवस्थित व्यवसाय नियन्त्रण, महिलाका लागि सीप विकास तालिम र कोसेली घर निर्माण, युवा उद्यमीका लागि स्टार्टअप ऋणमा सहजीकरण, व्यवसाय सहयोग कक्ष तथा हेल्प डेस्क स्थापना लगायतका १६ बुँदे योजना छन्।

राजेन्द्र ओझाले साधारण सदस्यबाट सुरु गरी विभिन्न पदमा काम गर्दै दशकौंको अनुभव सँगालेर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

उनी भन्छन्, “आकांक्षी हुनु नराम्रो होइन, तर जो आए पनि संघ र व्यवसायीहरूको हितमा लाग्ने सक्षम नेतृत्व आउनेमा हामी विश्वस्त छौं।”

उनको टिममा पोखरामा कास्कीमा कृयाशिल सवै दलको सहभागिता रहको छ ।

ओझा भन्छन्–“हामीले काम गर्ने भनेको सम्पन्न व्यवसायी र समृद्ध लेखनाथ वनाउन हो, त्यसैले हाम्रो टिम कुनै विशेष छैन वास्तविक व्यवसायी विशेष टिम हो ।”

गणनाका आधारमा उनको टिममा वरिष्ठ उपाध्यक्षमा रहेका उपेन्द्र राज सुवेदी (राजु), सदस्यका उम्मेदवार सन्तोष हमाल, एशोसियट सदस्य प्रवेश वञ्जारा र सस्थागत सदस्य विरभद्र कंडेल प्रजातान्त्रीक धार समर्थित उम्मेदवार हुन् ।

लेखनाथ उद्योग वाणिज्य संघका क्रमवद्ध रुपमा आएका हालका प्रथम उपाध्यक्ष राजु राजेन्द्र समुहवाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् ।

प्रजातान्त्रीक धारको लेखनाथ उद्योग वाणिज्य संघमा क्रमवद्ध रुपमा आउने उनि नै सवै भन्दा वलियो उम्मेदवारमा करुपमा व्यवसायीहरु माझ परिचीत छन् ।

यस्तै अहिले अति नै चर्चामा रहेको वैकल्पिक राजनीतिमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीवाट समेत ओझाको टिममा उपमहासचिवका उम्मेदवार लक्ष्मी प्रसाद ढुङ्गाना (एल पी) रहेका छन् भने केही राजनीतिक रुपमा नखुलेका स्वतन्त्र व्यवसायीहरु रहेका छन् ।

वैचारिक रुपमा सवैलाई समेट्ने अभियानका वारेमा अध्यक्षका प्रत्यासी ओझा भन्छन्–“लेउवा संघको निर्वाचन व्यवसायीहरु विच हुने प्रतिष्पर्धा हो त्यसैले यसमा राजनीतिक वा अन्य समुहको नेतृत्व गर्नु भन्दा पनि पुर्ण व्यवसायीको नेतृत्व गर्नुपर्छ भन्ने अभिप्राय हो ।”

संघमा कुल २ हजार ८७ सदस्य छन्, जसले ७ पदाधिकारीसहित १९ जना प्रतिनिधिको चयन गर्नेछन्।

Scroll to Top