खुमा अर्याल फाउण्डेशनले पोखरा वडा १७ छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई भोजन गराएको छ ।
फाउण्डेशनका संरक्षक खुमा प्रसाद अर्यालको जन्मदिनको अवसर पारेर वृद्धाश्रममा भोजन गराइएको बताइएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै फाउण्डेशका अध्यक्ष लेखनाथ शर्माले गण्डकी मेडिकल कलेज, रोट्रयाक्ट क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ नक्साल शक्तिको संयुक्त आयोजनामा भोजन गराइएको बताए ।
साथै, कार्यक्रममा फाउण्डेशनका संरक्षक अर्याल र सहभागी क्लबबारे जानकारी समेत गराईएको छ ।
संरक्षक अर्याल ०२८ साल भर्दाै १७ गते साविक खिलुङ, देउरालीमा जन्मिएका हुन् । उक्त स्थान हाल भीरकोट–७ भएको छ ।
खुमा अर्यालको छोटो परिचयः
खुमाप्रसाद अर्याल, मेडिकल शिक्षा र समाजसेवीकारुपमा परिचित छन् ।
विसं २०२८ साल भदौ १७ गते पिता गंगाप्रसाद अर्याल र माता खिमाकुमारी अर्यालको कोखबाट उनको जन्म भएको हो ।
अर्यालले श्री दहथुम माध्यमिक विद्यालय, स्याङ्जाबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि उच्च शिक्षा हासिल गर्न भारततर्फ लागेका उनले त्यहाँबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरे।
यो उनको शैक्षिक यात्राको एक महत्त्वपूर्ण खुड्किलो थियो, जसले उनलाई व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्न मद्दत गर्यो।
तीनवटा मेडिकल कलेज, स्कुल, हाइड्रो र एग्रो लगायतका व्यापारहरूमा सक्रिय भई सञ्चालन गरेका अर्यालले व्यावसायिक सफलताका साथै सामाजिक उत्तरदायित्व पनि बोकेका छन्।
उच्च सोचका धनी अर्यालका श्रीमती डा. लुना शर्मा अर्याल र छोरा इ.हिमांशु रहेका छन् ।