गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले यसै बजेटमा नयाँ जारी हुने सवारी चालक अनुमतिपत्र प्रदेशबाट नै छपाई गर्ने गरी आवश्यक वजेट विनियोजन भएको जानकारी दिएका छन् ।
मन्त्री केसीले मन्त्रालयको भौतिक तथा वित्तीय प्रगतिबारे जानकारी दिने क्रममा अब गण्डकी प्रदेशकालागि यहीबाट अनुमतिपत्र छपाई गर्ने योजनाअनुरुप बजेट छुट्याएको बताउँदै आवश्यक प्रक्रिया पुर गर्ने काम भइरहेको जनाए ।
त्यस्तै,सवारी कर तथा सवारी दर्ता किताव नविकरणलाई अनलाईन माध्ययमवाट गर्ने प्रबन्ध मिलाउनसमते चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिएको छ ।
सवारी साधान ट्रायलमा भएको सिण्डिकेट हटाई आ–आफ्नो सवारी साधनबाट ट्रायल दिन पाउने व्यवस्था मिलाइएको बताउँदै उनले सवारी चालक अनुमति पत्रको नतिजा १० दिनको साटो दुई दिनभित्र गर्ने निर्देशन दिइएको बताएका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको जानकारी दिदै उनले यस अवधिमा मन्त्रालयका काम कारवाहीमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।