गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूबीच सोमबारकालीगण्डकी किनार, स्याङ्जाको मालुंगामा समन्वयात्मक बैठक बसेको छ ।
बैठकमा दुई प्रदेशको सम्बन्ध, स्रोत-साधनको उपयोग, कानुन कार्यान्वयनमा एकरूपता, र कालीगण्डकीको सदुपयोगबारे छलफल भएको गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले जनाएको छ ।
यसबीच, अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गरिनुका साथै दुवै प्रदेशलाई जोड्ने योजनाहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नेबारे पनि छलफल भयो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष बैठकमा गण्डकी प्रदेशले निरन्तर विरोध गर्दै आएको कालीगण्डकी डाइभर्सनबारे कुरा भएको छ ।
बैंठकमा गण्डकीले दुई प्रदेशको सहमतिबिना डाइभर्सन अघि बढ्न नसक्ने अडान कायम राखेको हो ।
बैठकमा कालीगण्डकी किनारका धार्मिक स्थल जोड्ने, दामोदरकुण्डदेखि देवघाटसम्म समन्वय गर्ने, र साझा उत्पादन तथा स्रोत उपयोगका कार्यक्रम बनाउनेबारे पनि विचारविमर्श भयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यक्षता गरेको यो बैठक सोमबार नै सम्पन्न हुनेछ।
बैठकले केही क्षणमा दुई प्रदेशका उत्पादन, स्रोत, साधन उपयोगलक्षित साझा कार्यक्रम घोषणा गर्नेछ ।