स्किल सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट २०२४ (महोत्सव) आयोजना गर्न गइरहेको छ ।
नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उद्देश्यका साथ हुन गइरहेको यो महोत्सव, निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्न उपयुक्त अवसरका रूपमा प्रस्तुत भएको छ ।
स्किल सेववाले यस महोत्सवको प्रमुख उद्देश्य नागरिकहरूलाई घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु रहेको बताएको छ।
यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी रहेका जसबाट विभिन्न निर्माण सम्बन्धी कम्पनीहरू र बैंकका स्टल पनि रहने कम्पनीले जनायो ।
महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणाहरूलाई व्यवहारमा उतार्न सहयोग पुग्ने अपेक्षा राखेको छ ।
कम्पनीका अनुसार यस कार्यक्रम मार्फत कम्पनीले घर निर्माण गर्दा खर्च कम गर्ने उपायहरूको बारेमा बताउने छ।
जसमा कस्तो खालको सिमेन्ट, इँटा, डन्डी, रड, टायलको प्रयोग गर्ने बारे पनि सिकाउने छ । साथसाथै लेबर व्यवस्थापन, डिजाइन, रेन्ट्री-गुइगुइ निर्माण योजना, निर्माण अवधि देखि फ्लोरिङ र समापन सम्मको स्टेप-बाइ-स्टेप बताउने छ ।
प्रदर्शनीमा आधुनिक र पारस्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावा पासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुनेछन् ।
यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिनेछन् जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।
यस कार्यक्रमबाट लाभ उठाउन आह्वान गर्दै कार्यक्रम संयोजक तथा सिभिल सेवा पोखराका सञ्चालक समन कडेलले भने, ‘हरेक व्यक्तिको लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो, त्यसैले यस सम्पत्तिलाई भरपर्दो, सुरक्षित र दिगो बनाउनु आवश्यक छ ।’
उक्त फेस्ट आगामी १५, १६, १७ गते अमरसिंह चउर पोखरामा हुनेछ, जसमा करिब पाँच हजार भन्दा बढीको सहभागिता हुने कम्पनीले जानकारी दिएको छ।