प्राडा गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन: सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।
सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् ।
सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ ।
केसीले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत नाम लिएर स्वास्थ्य र शिक्षा क्षेत्रलाई नाफामुखी धन्दामा रुपान्तरण गर्न भूमिका खेलेको आरोप लगाएका थिए ।
त्यस्तै, डा. केसीले सरकारको हालको निर्णयले शुल्क वृद्धि गर्ने बाटो खोल्ने र आवासीय चिकित्सकमाथि चरम श्रम शोषण हुनेसमेत बताएका छन् ।