अनलाइन जुवा र अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले ललितपुरबाट एक युवकलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ।
सिन्धुली स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ४, भनिदेवलमा बस्दै आएका २५ वर्षीय गौरव स्याङ्तानलाई ९१ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले स्याङ्तानलाई सोमबार साँझ करिब ५ बजे उनको डेराबाटै नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनले क्रिप्टो कारोबार गरेको आशंका गरिएको छ।
प्रहरीले उनको कोठाको खानतलासी गर्दा उक्त नगदका अतिरिक्त करिब डेढ किलोग्राम गाँजा, एउटा ल्यापटप र मोबाइल फोनसमेत बरामद गरेको छ।
एसएसपी अधिकारीले भने, ूपक्राउ परेका स्याङ्तानलाई परिसरमा ल्याएर थप अनुसन्धान भइरहेको छ।ू प्रहरीले उनी कसरी र के(कति समयदेखि क्रिप्टोको अवैध कारोबारमा संलग्न थिए भन्ने विषयमा विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ।