भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ।
नेपालले आज खेल्न लागेको तेस्रो खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा अहिलेसम्म नेपाल एक खेलमा विजयी र एकमा पराजित भएको छ।
पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले हराएको हो।
प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोली सहभागी छन्।
४ टोलीबीच डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।
आजको खेलपछि नेपाल अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग भिड्नेछ।
यसअघि नेपाल यो प्रतियोगितामा सातपटक सहभागी भइसकेको छ।
जसमध्ये नेपाल सन् २०२२ मा उपाधि जित्न सफल भएको छ। भारत र बंगलादेशले भने दुई-दुईपटक उपाधि जितिसकेका छन्।