त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालमाथि सुरक्षा चुनौती बढेपछि सरकारले निजी सुरक्षा अधिकृत ९पीएसओ० खटाएको छ।
विश्वविद्यालय प्रशासनका अनुसार पछिल्लो समय उनीहरूलाई लक्षित गर्दै आएको सुरक्षा धम्कीको जोखिम बढेपछि सरकारले बुधबारदेखि दुबै पदाधिकारीलाई पीएसओ उपलब्ध गराएको हो।
विश्वविद्यालयले औपचारिकरूपमा सुरक्षा माग गरेपछि गृह मन्त्रालयको समन्वयमा सुरक्षा व्यवस्था गरिएको हो।
रेजिस्ट्रार रिजाल केही दिनअघि कार्यकक्षमा फर्किएका थिए, तर विद्यार्थी संगठनको आक्रोश र धम्कीका कारण कार्यालयमा नियमित काम गर्न सकेका छैनन्। रेक्टर केसी उपत्यका बाहिर रहेका बेला उनलाई पनि सुरक्षा दिइएको हो।
यसअघि विश्वविद्यालयका उपकुलपतिलाई पनि यस्तै सुरक्षा चुनौतीका कारण पीएसओ खटाइएको थियो। हाल त्रिविका उच्च पदस्थ पदाधिकारीहरू सुरक्षित वातावरणमा काम गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ।