पिएमसी तीज प्रतियोगितामा सहनशील प्रथम

santan ads

पोखरा बहुमुखी क्याम्पसको आयोजनामा बुधबार भएको राष्ट्रिय खुला तीजगीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह, पोखरा–२३ प्रथम भएको छ ।

२४ टिमले भाग लिएको प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पस समूह द्वितीय, रानीपौवा दिदिबहिनी समूह तृतीय भए । देवीस्थान महिला समूह र पोखरा बहुमुखी क्याम्पस करुवा समूह सान्त्वना भए ।

भवानी कालिका समूह पोखरा–२६, कास्की र उर्जाशील दिदिबहिनी समूह, पोखरा १२ लाई ५-५ हजार प्रोत्साहन स्वरुप दिने घोषणा गरिएको थियो ।

कार्यक्रमको पूर्वाद्र्धमा आयोजना गरिएको विशेष उ्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तीज भड्किलो बनाउने प्रवृत्ति बढिरहेको बेला शिक्षा प्रदायक निकायले मौलिकता बचाउन चासो दिएकोमा खुसी व्यक्त गरे ।

उनले संस्कार, संस्कृति र मौलिकता बचाउने अभियानमा आफू, व्यक्तिगत, संस्थागत र सरकारी सबै तबरबाट सहयोग गर्न प्रतिवद्ध रहने पनि बताए ।

पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुलीले पछिल्लोक्रममा तीजपर्व नारी सशक्तीकरण र एकताको आवाज बोल्ने पर्व भएकाले यस्ता प्रतियोगिताले सबैलाई मौलिकता र सांस्कृतिक प्रवद्र्धन गर्न सघाउने बताइने । उनले पछिल्लोक्रममा मौलिकता हराइरहेका बेला मौलिक भाका र रीतिरिवाजप्रति युवापुस्ता र विद्यार्थीलाई आकर्षित गर्नुपर्ने बताइन् ।

प्रतियोगितामा नेपाली समाजमा व्याप्त परम्परागत मूल्यमान्यताबीच चेलीबेटीले भोग्नुपरेका तीता यथार्थ, वैदेशिक रोजगारीले निम्त्याएका घरायसी निराशा, बालअधिकार लगायतका विषयमा गीतहरुसँगै हरेक समूहले नृत्य तथा अभिनय प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा लोकतथा दोहोरी गायिकाहरु तारा थापा, माया गुरुङ र सरला पाण्डे रहेको निर्णायकमण्डल थियो ।

पोखरा बहुमुखी क्याम्पस सञ्चालन समिति अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको प्रतियोगिताको सांस्कृतिक समारोह राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुलीले संचालन गरेका थिए ।

कार्यक्रम संचालन प्रतियोगिता कार्यक्रमका संयोजक भानु पराजुलीले गरेका थिए ।

Scroll to Top