alen mask

४५ दिनमै आफ्नो पार्टी खारेज गर्दै मस्क

santan ads

अमेरिकी अरबपति व्यवसायी एलोन मस्कले आफ्नो अमेरिका पार्टी खारेज गर्ने भएका छन् । उनले ४५ दिनअघि अर्थात् जुलाई ५ मा आफ्नो पार्टी शुरू गरेका थिए। वाल

स्ट्रिट जर्नलको रिपोर्टअनुसार, मस्कले आफ्ना सहकर्मीहरूलाई पार्टी खारेज गर्न भनेका छन् ।

मस्क राजनीतिको सट्टा आफ्ना कम्पनीहरूमा ध्यान केन्द्रित गर्न चाहन्छन् । यसबाहेक, उनी अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको आफ्नो सम्बन्ध बिगार्न चाहँदैनन् ।
रिपोर्टअनुसार मस्कले यदि उपराष्ट्रपति भान्सले २०२८ मा राष्ट्रपति चुनाव लडे भने उनलाई आर्थिक रूपमा पनि मद्दत गर्नेछन् ।

एलोन मस्कले २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन ३०० मिलियन डलर खर्च गरेका थिए । यसपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाएका थिए ।
तर पछि राष्ट्रपति ट्रम्पले ल्याएको एक विधेयकमा विवाद हुँदा मस्कलेआफ्नो कार्यकाल समाप्त हुनुभन्दा एक दिनअघि राजीनामा दिएर केही दिनपछि आफ्नै पार्टी गठन गरेका थिए ।

Scroll to Top