जेलमा भेटेपछि नेपालीले भने – ‘सभापति ठिक छन्, फिट छन्’

santan ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभासद् शिव नेपालीले पार्टी सभापति स्वस्थ र ठिक रहेको बताएका छन् ।

आज बिहान सभापति लामिछानेलाई नख्खु कारागारमा भेटेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘रवि दाइको स्वास्थ्य ठिक छ, उहाँ व्यायाम गरेर फिट हुनुहुन्छ। अनुहारमा कतै पनि पश्चाताप होइन, बरु अझ दृढ संकल्प झल्किरहेको देखियो।’

करिब २० मिनेट भेटेर फर्किएको बताउँदै सभासद् नेपालीले अहिलेको राजनीतिक परिस्थिति, रूपन्देहीको उपनिर्वाचनदेखि देशलाई सताइरहेका अनेकौँ बेथिति र भ्रष्टाचारबारे खुलस्त गफगाफ गरिएको उल्लेख गरे ।

भेटमा सभापति लामिछानेले ‘माननीय सांसद नभई जनताको सेवक बनेर काम गर्न’ भनेको नेपालीले जनाएका छन् ।

‘हामी सबैको साझा लक्ष्य नै यही हो— भ्रष्टाचार चिर्ने, बेथिति अन्त्य गर्ने र जनतालाई न्याय दिलाउने’ सभापतिले भनेको उनले बताए ।

Scroll to Top