डेन्टल एशोसियसन कास्कीमा डा. सुदिप

santan ads

नेपाल डेण्टल एसोसिएशन, कास्की शाखाको २०८२–८४ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ।

शाखाको अध्यक्षमा डा. सुदिप गिरी, उपाध्यक्षमा डा. पुरन विश्वकर्मा, महासचिवमा डा. आशीष कुँवर सिंह, कोषाध्यक्षमा डा. नीता थापा केसी, सह–सचिवमा डा. सन्ध्या पौडेल बराल रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा डा. अनुपा वाग्ले, डा. अनुप ओझा, डा. पवन पाठक र डा. अन्जल जिसी चयन भएका छन्।

निर्वाचन गत श्रावण १० गते सम्पन्न भएको थियो भने नयाँ कार्यसमितिले भाद्र १ गते पदभार ग्रहण गरेको हो।

नव–निर्वाचित अध्यक्ष डा. गिरीले दन्त चिकित्सकबीच आपसी सम्बन्ध र भाइचारालाई मजबुत बनाउने, तालिम तथा सम्मेलनमार्फत दन्त चिकित्सकको सीप अभिवृद्धि गर्ने, दन्त उपचारको पहुँच तथा गुणस्तर सुधार गर्ने र दर्ता प्राप्त दन्त चिकित्सक बाहेक अन्य व्यक्तिबाट हुने ‘कुट–चिकित्सा’को अन्त्य गर्ने बताएका छन् ।

Scroll to Top