भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।
यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा आयोजना हुने च्याम्पियनशिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने टीमका प्रशिक्षक तथा कप्तानले बताएका छन् ।
डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन् । नेपालले भदौ ४ गते भारतसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।
अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।