तायाःमचा प्रतियोगितामा गैह्रापाटन ‘पहिलो’, जित्यो १ लाख ११ हजार

santan ads

नेवाः खल कास्कीको आह्वान र शिशुवा नेवाः खलको आयोजित जिल्लास्तरीय २६ औं तायाःमचा नृत्य प्रतियोगितामा गैह्रापाटन तायाःमचा समितिले प्रथम स्थान हात पारेको छ ।

जितसँग पुरुषतर्फ गैह्रापाटनले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

३५ टिम सहभागी प्रतियोगितामा पुरुषतर्फ सरस्वती तायाःमचा समिति दोस्रो र सिंहनाथ तायाःमचा मोहोरीया टोल तेस्रो भएको छ । भिमसेन टोल तायाःमचाले सान्त्वना स्थान प्राप्त गरेको छ ।

महिलातर्फको भण्डारढीक नेवाःखल पोखरा २९ प्रथम, राजाकोचौतारा नेवाः खल पोखरा ३२ द्वितीय, लामाचौर तायाःमचा समिति पोखरा तेस्रो र नदिपुर तायाःमचा समितिले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले एक लाख ११ हजार एक सय ११, द्विती ७७ हजार ७ सय ७७, तृतीयले ५५ हजार पाँच सय ५५ र सान्तोनाले २५ हजार ५ सय २५ नगद सहित आकर्षक पुरस्कार प्राप्त रेका छन् ।

महिलातर्फको प्रतियोगितामा प्रथमलाई ४० हजार, द्वितीयलाई ३०हजार, तृतियलाई २५ हजार र सान्त्वनालाई २० हजार रुपैयाँ हित सहभागी टिमलाई १५र१५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

Scroll to Top